
काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना तथा निजी क्षेत्रका व्यवसायीहरुको सहभागितामा युरोपका प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी सेल्स मिसन कार्यक्रम भएको छ ।
मिसनको उद्देश्य नेपाली व्यवसायीले युरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।
नेपाल पर्यटन बोर्डले उक्त अवसरमा नेपाल हिमालहरुको मात्र देश नभएको, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणहरुले पर्यटकलाई अवस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तूतिकरण गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको शहर मा यो सेल्स मिसनको आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिएकी थिइन । जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षणहरु र पर्यटन प्रवद्र्धनमा नेपालले थालेको अभियानहरु समावेस गरिएका थिए। सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर १० लाखको संख्या पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस