
काठमाडौं । काठमाडौं उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ ।
विहीबार नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस्तो जानकारी दिएका हुन । “सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको समेत उनले बताए ।
उक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरे । प्राधिकरणको वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उहाँले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस