aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ फागुन २०७७
५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ

काठमाडौं । ५२ थान चोरीका मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका २९ वर्षीय अमित राना मगर र काठमाडौं महानगरपालिका-३० असन बस्ने ३३ वर्षीय बिक्रम शाही पक्राउ परेका छन् ।     

कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको च्भमmष् ल्यतभ ढ मोबाईल सेटहरु फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरेका थिए । 

उक्त मोबाइलहरू काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको प्रहरीले जनाएको छ ।  

 महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चोरी गरी लगेको उक्त ५२ थान मोबाईल सेटहरू सहित पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको  छ । 
 

प्रतिक्रिया दिनुहोस