aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टेक्ससका ७ वर्षीय नेपाली बालक विश्व गल्फ प्रतियोगितामा छनौट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
टेक्ससका ७ वर्षीय नेपाली बालक विश्व गल्फ प्रतियोगितामा छनौट

वासिंटन,डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा बस्दै आएका नेपाली मूलका ७ बर्षिय मिर लामा गल्फखेलमा शीर्ष १० स्थानमा परेका छन् । उनी शीर्ष १० मा परे पछि बिश्व गल्फ प्रतियोगितामा छनौट भएका छन् ।

उनी अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालक हुन् । कोरोना महामारीबाट गल्फ खेल खेल्न सुरु गरेका प्रतिभाशाली बालक टेक्ससका आफ्ना उमेर  समूहका उत्कृष्ट खेलाडी पनि हुन् ।

सानो उमेर मै गल्फ खेलमा रुची भएकोले गत बर्ष महामारीदेखि उनले गल्फ खेल्न सुरु गरेका उनका अभिभावकले जानकारी दिएका छन् । खेलमा अभिरुचिको साथै सार्प दिमाग समेत भएकोले उनले खेलमा छिटो प्रगति गरेका हुन् ।

ड्यालस शहरका आफ्नो उमेरका राम्रा खेलाडीमा उनी गनिन्छन । बालक मिरले गत बर्ष एप्रिल ,२०२० देखि खेलमा निरन्तरता दिएका हुन । गत बर्ष जुन महिनामा स्थानीय स्तरमा आयोजना भएको युएसकिड्सगल्फ प्रतियोगितामा प्रथम पटक सहभागिता जनाएका थिए ।

खेलमा रमाउदै र अझ अभिरुचिसंग खेल खेल्दै शरद ऋतुमा सम्पन्न प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भए । टेक्सस राज्यको ड्यालसमा आयोजना भएको एनटि पिजिए शरद ऋतु प्रतियोगिता सहित स्थानीय प्रतियोगितामा सहभागिता भएका थिए ।

उनले शरद ऋतुमा आयोजना भएको एनटिपिजिए प्रतियोगितामा पुरै प्रतियोगिता जितेका छन् । उनलाई २०२१ को बसन्त ऋतुमा क्षेत्रीय खेल प्रतियोगितामा आमन्त्रित गरिएको थियो ।

फ्लोरिडामा सम्पन्न फ्लोरिडा क्षेत्रीय प्रतियोगितामा उनी शीर्ष ५ मा पुग्न सफल भए पछि उनलाई आगामी जुलाईमा हुने युएस किड्स गल्फ वर्ल्ड च्यामपेन्सिप २०२१ मा सहभागी हुन् बोलाइएको उनका अभिभावकले जानकारी दिएका छन् । युवा प्रतिभाशाली खेलाडी बालक मिर लामा टेक्सस राज्यकै सफल व्यवसायी तथा सामाजिक अभियन्ता पासांग लामाका सुपुत्र हुन् । 

प्रतिक्रिया दिनुहोस