aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार  ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।

कोभ्याक्सले दिने १ करोड ३० लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज आज आइपुगेको हो । बाँकी खोप विभिन्न चरणमा कोभ्याक्सले उपलब्ध गराउनेछ । कोभ्याक्सले अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो । हाल सोही खोप नेपालमा प्रयोग भइरहेको छ ।

सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस