
काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पर्यटक पथप्रदर्शक (टुरिष्ट गाइड) तालिम खुला गरेको छ । नाथमले यसपटक ३ सय ३० जना गाइडका लागि तालिम खुला गरेको हो । टुरिष्ट गाइड बन्न कम्तीमा स्नातक वा सोसरहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ ।
यो तालिम लिन १० हप्ता साय लाग्नेछ । तालिमका लागि २५ हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख गरिएको छ । त्यसमा फिल्ड भिजिटको व्यवस्थापन र खर्च तालिम लिनेले नै व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।
नाथमले कुक तथा वेटरको लालिम समेत खुलाएको छ । कुकका लागि १ सय ६० जना र वेटरका लागि ४० जनाको कोटा तोकेर तालिमको लागि आह्वान गरिएको हो । यी दुवै तालिमको अवधि ३ महिना हुनेछ । कुकका लागि २५ हजार रुपैयाँ र वेटरका लागि १२ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
यी सबै तालिम लिन चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ । आवेदक मध्येबाट अन्तवार्ताको आधारमा नाम छनौट गर्ने नाथमले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो प्रतिष्ठानलाई पर्यटन तथा होटलसम्बन्धी तालिम सञ्चालनको उत्कृष्ठ केन्द्र मानिन्छ । प्रतिष्ठानबाट तालिम लिनेहरुलाई रोजगारीमा समेत पहिलो प्राथमिकतामा राख्ने गरिन्छ । त्यसैले प्रतिष्ठानबाट तालिम लिनेको आकर्षण बढ्दो छ ।
अहिले कोभिड महामारीका कारण पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा भने यसको असर भने तालिममा पर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस