aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्शमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा अवस्थीत छन् । 

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।  

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँचयोग्यतामा उल्लेखनिय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिंग प्रदान गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस