aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

बेइजिङ । चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् । 

बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो । बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस