
एजेन्सी । सात बर्षमा पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल) को मूल्य तल आएको छ । डफ एण्ड फेल्प्सले आफ्नो आईपीएल ब्राण्ड मूल्यांकन रिपोर्ट २०२० मा रिपोर्टमा २०२० चुनौतीपूर्ण वर्ष रहेको बताएको छ । कोविड १९ को महामारीको कारण आर्थिक संकट र अनिश्चितताका बीचमा खेलकुदको अर्थव्यवस्था पनि महामारीको शिकार भएको छ ।
वार्षिक अध्ययनमा आईपीएलको सातौं संस्करणमा आईपीएल इकोसिस्टमको मूल्य गत वर्षभन्दा ३.६ प्रतिशतले घटेको देखिएको छ । यो २०२० मा, ४५८०० करोड रुपैयाँ भारु थियो । जबकि २०१९ मा यो ४७५०० करोड रुपैयाँ भारु थियो ।
लगभग सबै जसो विदेशी फ्रेन्चाइजीको २०२० मा ब्रान्डको मूल्यमा गिरावट आएको छ । मुख्यतया फ्रान्चाइजी सम्बन्धी प्रायोजनको मूल्यमा ठूलो गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस