
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।
यस पर्वकै लागि पशुपति क्षेत्रमा नेपालका विभिन्न ठाउँदेखि भारतीय भक्तजनको पनि उल्लेख्य भीड छ । कोरोना महामारीका कारण यसपालि मन्दिर प्रवेशमा मास्क अनिवार्य गरिएको छ ।
यस दिन पशुपति क्षेत्रमा विशेष घुइँचो हुने भएकाले वरपरका क्षेत्रसम्म सवारी साधन प्रवेशमा कडाइ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस