काठमाडौं । सामसङले हालै नेपाली बजारमा कर्ड म्याजिस्ट्रो रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो । जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ ।
विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । कर्ड म्याजिस्ट्रा सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको हो ।
कर्ड म्याजिस्ट्रोले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ– यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड म्याजिस्ट्रोबाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई कर्ड म्याजिस्ट्रोमा राख्नुहोस् । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् । कर्ड म्याजिस्ट्रो रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ ।
कर्ड म्याजिस्ट्रोले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो कर्ड म्याजिस्ट्रो रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ । कर्ड म्याजिस्ट्रो रेफ्रिजेनेरेटर नेपाल अधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्ध रहेको छ । यसका मोडेलहरु ६३ हजार ९९० रुपैयाँदेखि ७८ हजार ९९० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस