aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

६० जनामा कोरोना सङ्क्रमण पुष्टि, हालसम्म तीन हजार १४ जनाको ज्यान गयो

  • रासस
    रासस
  • शनिबार, २९ फागुन २०७७
६० जनामा कोरोना सङ्क्रमण पुष्टि, हालसम्म तीन हजार १४ जनाको ज्यान गयो

पकाठमाडौं । छिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ३६२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण दुईको मृत्यु भएको छ ।  

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार १६८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७२ जना छन् । यससँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

अहिले देशभर ९१५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४९ जना क्वारेन्टिनमा छन् ।  अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस