
काठमाडौं । ग्लोबल बिजनेस ग्रुप अन्र्तगतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रालि एक मात्र आधिकारिक बिक्रेता भएको बताएको छ ।
नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुइ वोटा भेरिएन्ट उपलब्ध छन् । ६.६७” डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
इन नोट–१को दुइ वोटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ । ४ जीबी र्याम, ६४ जीबी र्याम, भएको इन नोटको बजार मुल्य १९ हजार ९९० रहेको छ भने ४ जीबी र्याम, १२८ जीबी र्याम भएको इन नोट–१ को बजार मुल्य २१ हजार ४९० रहेको छ ।
कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडैनै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने बिश्वास ब्यक्त गरेका छन् । भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाडैनै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको बिस्तार गर्ने पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस