
एजेन्सी । भारतका प्रख्यात गुरु ईशा फाउण्डेसनका फाउण्डर जग्गी वासुदेव(सद्गुरु) ले कोरोना भाइरसको खोपका बारेमा केही प्रवचन दिएका छन् ।
भारतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, अहिले हामी यस कारण जीउदो छौ कि बच्चा बेलादेखि नै हामीलाई विभिन्न खोपहरु लगाउनै आएका छौं । नत्र १९४७ मा भारत स्वतन्त्र हुँदा भारतीयहरुको उमेर औषत जम्मा २८ वर्ष थियो । यदि विज्ञानलाई हामीले स्वीकार नगरेको भए हामीमध्ये धेरै हुँदै थियौं होला ।
उनले भने, विज्ञानले गरेको आविस्कारलाई हामीले भुलिसक्यौं, 'यदि आधुनिक विज्ञानले यो आविस्कार नगरेको हुथ्यो भने सामान्य रुघाँ खोकीका कारणले नै हामीमध्ये धेरै मरिसकेका हुन्थ्यौं ।'
उनले भने, 'समान्य हछ्याउ हाउदा समेत तपाई हाम्रो मृत्यु हुनसक्थ्यो । यो भाइरसले हामीलाई हछ्याउ पनि सामान्य होइन भनेर सिकायो । ठूला ठूला बमबारुदभन्दा पनि बढी हाछयूसँग डाराउन पर्ने भयो ।'
प्रतिक्रिया दिनुहोस