aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

क्यान इन्फोटेक मेला २०७८ बैशाख २८ गतेदेखि हुदैँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
क्यान इन्फोटेक मेला २०७८  बैशाख २८ गतेदेखि हुदैँ

काठमाडौं । चालु वर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) महासंघले आईतबार पत्रकार सम्मेलन गरी मेला बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने जानकारी गराएको हो ।

कोभिड महामारीका कारण यो वर्ष गत वर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।


क्यान मेला प्रवेश टिकटलाई यो वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निस्शुल्क प्रवेश दिईने आयोजकले जनाएको छ ।

मेलामा झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० वर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस