
काठमाडौं । वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पुर्याउने उद्देश्यले कुनै पनि वानप्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ ।
साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्शुरेन्स सुविधाको व्यवस्था समेत रहेको छ ।वानप्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउँनका लागि उक्त मोबाइल भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ । वानप्लस ७ प्रो देशभर उपलब्ध रहेको छ ।
प्रतिक्रिया दिनुहोस