aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भिडियो ग्याम खेल्नेहरु १४ प्रतिशतले बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
भिडियो ग्याम खेल्नेहरु १४ प्रतिशतले बढे

एजेन्सी । भिडियो ग्याम खेल्न भारतीयहरु पहिलो नम्बरमा आएका छन् । एउटा रिपोर्टका अनुसार भारतीय खेलाडीहरूले हरेक हप्ता औसत साढे आठ घण्टा भिडियो गेम खेल्ने गरेका छन् ।  जसमा ६० प्रतशितभन्दा बढीले लगातार तीन घण्टा वा त्यो भन्दा लामो समयसम्म खेल खेलेको दावी गर्दछन् ।

लाइमलाइट नेटवर्कहरू एक भिडियो डेलिभरी र एज क्लाउड सेवा प्रदायकले आफ्नो रिपोर्टमा विश्वभरिका खेलाडीहरूले प्रत्येक हप्ताको औसत आठ घन्टा र २७ मिनेट भिडियो गेम खेल्ने गरेको रिपोर्ट सार्वजनिक गरेको छ । 

तथ्यांकका अनुसार भिडियो गेम खेल्नहरुको विश्वव्यापी  एक नयाँ स्तर पुगेको छ । उपभोक्ताले खेल्ने समय अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ । महामारीको समयमा  मनोरन्जनको साधानका रुपमा अनलाइन गेमले लोकप्रियतमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस