aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप ९४ मा कोरोना पुष्टि, शुन्य मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
थप ९४ मा कोरोना पुष्टि, शुन्य मृत्यु

काठमाडौं । थप ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ । 

थप दुई हजार ७८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख २४ हजार २९३ पुगेको छ । हाल ४९ जना क्वारेन्टिनमा रहेका छन् ।     

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ५५० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९५४ सक्रिय सङ्क्रमित रहेका छन् ।     

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस