aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कसरी जोड्ने फेसबुकमा इन्स्ट्यान्ट आर्टिकल ? यसरी आउँछ ‘डलर पेमेन्ट’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
कसरी जोड्ने फेसबुकमा इन्स्ट्यान्ट आर्टिकल ? यसरी आउँछ ‘डलर पेमेन्ट’

काठमाडौं । तपाइ हामी धेरैजसोले फुसर्द हुने बित्तिकै फेसबुक चलाउन थालिहाल्छौं ।  समय बिताउनका लागि होस या मनोरञ्जनका लागि होस हामी फुर्सदको समय फेसबुकमै बिताउँछौं । हामीले फेसबुकबाट पैसा कमाउनृ सकिन्छ भन्ने सुनेको छौं तर, यो अफवाह हो भनेर खासै चासो दिदैनौं । अनि, हामी फेसबुकबाट पैसा कमाउन गाह्र्रो छ भने मानसिकतामा पुग्छौं । 

तर, सजिलो तरिकाले पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ, जुन हो इन्स्ट्यान्ट आर्टिकल । यो एउटा फेसबुकको यस्तो प्ल्ेटफर्म हो जहाँबाट हामीले सजिलै पैसा कमाउने सकिन्छ । 

के हो इन्स्ट्यान्ट आर्टिकल ? 
पहिलो कुरा तपाइसंग लेख्ने शैली हुनुपर्छ । तपाइले फेसबुकमा कहिलेकाँही मनका कुरा होस या केहि कुरा होस इन्स्यान्टमा हाल्दा कतिजनाले पुरै पढ्छन् । यसले गर्दा तपाइमा लेख्न सक्नुपर्छ । लेख्न सकेपछि फेसबुकमा पैसा कमाउन सकिन्छ । 

लेख्ने शैली भएमा मात्र पनि हुँदैन । तपाइले अर्को कुरा के ख्याल गर्नु पर्छ भने, अब लेखेको कुरा कहाँ हाल्ने ? तपाइले लेखेको कुरा वेबसाइडमा हाल्नुपर्छ । तपाइले लेखेको यो कुराहरु अरुले पढेभने पैसा आउँछ । हामीसंग वेबसाइड पैसा कमाउनका लागि फेसबुकको इन्ट्यान्ट आर्टिकल, राम्रो कन्टेन्ट जसलाइ तपाइ जस्ता भिजिटरले पढिरहनुभएको छ । यहि पढिरहनु भएको कुरालाई कन्टेन्ट भनिन्छ । यहि कुरा पोष्ट गर्ने ठाउँ फेसबुक ग्रुप, फेसबुक पेज, तपाइको स्ट्याटस हाल्ने ठाउँमा उपलब्ध छ । त्यसैबाट हामीलाई पैसा आउँछ । 

अहिले पढिरहेको समाचारमा पनि बिचि बिचमा विज्ञापन छन् । ती विज्ञापन वापत हामीलाई पैसा आउँछ । फेसबुकले नै इन्स्ट्यान्ट आर्टिकल जोडिसकेपछि विज्ञापन आफै हालिदिन्छ । यसले गर्दा तपाइलाई पैसा कमाउने राम्रो अवसर मिल्न सक्छ । 

फेसबुकले सिधै तपाइलाई दिनभर फेसबुक चलाएको भनेर पैसा बाड्दैन । यदि तपाइ फेसबुकको अडियन्स नेटवर्कमा सहभागी भइ काम गर्नुुहुन्छ भने सिधै फेसबुकले नै विज्ञापनदाताबाट आएको पैसाको केहि प्रतिशत तपाइलाई दिन्छ । फेसबुकको अडियन्स नेटवर्कमा सहभागी हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनु पर्छ । जस्तैः मोबाइल एप, इन्स्ट्यान्ट आर्टिकल बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो एपमा देख्ने बनाएर पैसा कमाउन पनि सकिन्छ । यसका लागि सबैले एप डाउनलोडगरि हरेक दिन प्रयोग गरेको हुनुपर्छ । 

इन्स्ट्यान्ट आर्टिकलबाट पैसा कमाउन समाचारका लिंकहरु छिटो खेल्ने बनाउनु हो । जस्तैः फेसबुकको एपबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइडभन्दा छिटो खुल्छन् । फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछ । हामीले एउटा ब्लग, फेसबुक पेज र वेबसाइड बनाउनुपर्छ । यसमा तपाइले १० वटा जति समाचार वा लेखहरु पोष्ट गरिसकेपछि फेसबुकलाई भेरिफिकेसन पठाउन सक्नुहुन्छ । फेसबुकले एप्रुफ गरिसकेपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अफ्सनमा राख्नुपर्छ । यसबाहेक नेपालमा भएको बैंक खातामा पनि पनि पैसा रिसिभ गर्न सकिन्छ । तपाइका पोष्टहरुको क्लिकका आधारमा आफ्नो खातामा डलर जम्मा हुँदै जान्छ । 

एक सय अमेरिकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाइको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ । ४० हजार लाइक भएको फेसबुक पेजबाट मासिक सयदेखि एक सय १५ डलरसम्म आम्दानी हुने गर्छ ।  


 

प्रतिक्रिया दिनुहोस