aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल सुपर लिगका लागि फ्रेन्चाइज टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
नेपाल सुपर लिगका लागि फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल सुपर लिगका लागि फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले मार्की खेलाडीमा राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका गोलरक्षक विकेश कुथुलाई अनुबन्ध गरेको छ।

काठमाडौ रेजर्सले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो। प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनलाई अनुबन्ध गरेको छ।

१२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्दाका महत्वपूर्ण सदस्य विकेश त्रिभुवन आर्मी क्लबका पहिलो रोजाइका गोलरक्षक हुन्। १३औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा स्वर्णपदक जितेको थियो।

यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान समेत रहेका महर्जनले सन् २०१० देखि १०१६ सम्म एन्फामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। महर्जनले भारतमा ‘बि’ डिभिजन लिगको क्लब तथा बंगलादेशमा ब्रदर्स युनियनलाई प्रशिक्षण दिएका थिए।

यसअघि धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी र प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको छ। यस्तै राष्ट्रिय फुटबल टोली तथा मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी बनेका छन्।

एफसी चितवनले भने मार्की खेलाडीमा राष्ट्रिय टोलीका स्टाइकर भरत खवास र प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ। विराटनगर एफसीले पनि मार्की खेलाडी सार्वजनिक गर्दै छ।

प्रतिक्रिया दिनुहोस