aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १५० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ चैत्र २०७७
थप १५० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२  जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ  ।    

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् ।  त्यस्तै पछिल्लो समय थप  ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई  लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ ।  

अहिले देशभर एक हजार १७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा  अन्य  आइसोलेशनमा छन् ।  हालसम्म नेपालमा २२  लाख ४०  हजार ९८९  को पिसिआर परीक्षण भएको छ ।  हालसम्म तीन हजार १९  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस