aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १८८ जनामा कोरोना पुष्टि, मृतकको संख्या शुन्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
थप १८८ जनामा कोरोना पुष्टि, मृतकको संख्या शुन्य

काठमाडौं । नेपालमा १८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १८८ जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७२ हजार ९७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक हजार १२८ रहेको छ ।       

पछिल्लो २४ घण्टामा ७७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ० रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०१९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस