aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

शे फोक्सुन्डो तालमा वर्ल्ड लिंकको निःशुल्क वाईफाई सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ चैत्र २०७७
शे फोक्सुन्डो तालमा वर्ल्ड लिंकको निःशुल्क वाईफाई सेवा

 काठमाडौं । “सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने” आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा सञ्चालन गरेको छ ।  कम्पनीले चैत ८ गतेबाट उक्त सेवा शुरू गरेको हो ।

नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीब ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला रहेको छ । नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ ।  हिमाली ताजा र सफा पानीले  भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।

निःशुल्क वाइफाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र ववर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले उद्घाटन गरेका छन । उदघाटन समारोहमा वर्ल्ड लिंकका निर्देशक  मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल  शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख  निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्तीको उपस्थित थिए ।

सो उदघाटन समारोहमा बोल्दै वर्ल्ड लिंकका कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन ।  

गास बास कपाससंग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवन लाई परिवर्तन गर्न सक्छौ, सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको  अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ ।
 

प्रतिक्रिया दिनुहोस