aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १४५ जनामा कोरोना पुष्टि, ९० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ चैत्र २०७७
थप १४५ जनामा कोरोना पुष्टि, ९० जना निको भए

काठमाडौं । नेपालमा १४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४५ जना नयाँ संक्रमित थपिएका हुन् ।      

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ३८९ रहेको छ । संक्रमित मध्ये दुई लाख ७२ हजार १८७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक हजार १८२ रहेको छ ।   

पछिल्लो २४ घण्टामा ९० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक रहेको छ । योसंगै हालसम्म मृत्यु हुनेको संख्या ३०२० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस