aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कोरोना बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड कडा पारियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
कोरोना बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड कडा पारियो

काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसको जोखिम बढ्न थालेसँगै  काठमाडौंमा कोभिड १९ सम्बन्धी मापदण्ड कडाइका साथ लागू गर्न सरकारले सूचना जारी गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक वर्ष पहिला जारी गरेका कोभिड सम्बन्धी स्वास्थ्य मापदण्डलाई पुन लागू गर्न निर्देशन जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क,स्यानिटाइजर, समाकिज दुरी कायम गर्न सूचनामा भनेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वलाई आफ्नो घरभित्र नै सीमित रही सामाजिक कामय गरि मनाउन अनुरोध गरेको छ ।  

घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाइ कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ । कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस