aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

फेरि बढ्यो कोरोना त्रास, सरकार गर्यो कडाई गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
फेरि बढ्यो कोरोना त्रास, सरकार गर्यो कडाई गर्ने निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । मन्त्रालयले अब उप्रान्त राती ९ बजेपछि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो । 

साथै, मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका युरोपेली मुलुकमा कोभिड–१९ को संक्रमण दर वृद्धि भएको र नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भएकाले कोभिड–१९ सकंट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष तपसिल बमोजिमका सुझाव उपलब्ध गराउने निर्णय गरेको छ । 

यस्ता छन् निर्णयहरु 
१. सिसिएमसीले तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, 

२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, 

३. कोभिड–१९ को सडकमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पूर्व तयारी योजना बनाउने,

४. हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरूलाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने, 

५. नेपाल र भारतबीचका सीमा नाकामा मानिस आउँदा यसपूर्व अपनाएका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजिन परीक्षण गर्ने, परीक्षणमा कोभिड–१९ को सक्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेसनमा पुयाउने व्यवस्था मिलाउन डिसिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेसनको निगरानी गराउने व्यवस्था मिलाउने, 

६. कोभिड–१९ को सड़कमणबाट जोगिन सचेतना कार्यक्रम अगाडि बढाउने र यसका लागि डिसिसिएमसी र स्थानीय तहलाई अनुरोध गर्ने साथै आम सन्चारका साधनमार्फत् सूचनाहरु प्रवाह गर्ने ।

७. बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट गर्ने, 

८.पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा स्वास्थका मापदण्ड अनिवार्यरूपमा पालना गर्न लगाउने, राती नौ बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने व्यवस्था मिलाउने,

९. विद्यालयहरूमा कोमिड–१९ को सक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालन भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुगमन गर्न लगाउने,

१०. गृह मन्त्रालयले स्थानीय प्रशासनमार्फत कोभिङ–१९ को संक्रमणबाट बच्नलाई सचेतनामूलक सूचना जारी गर्ने र सूचनाको परिपालना गराउने व्यवस्था मिलाउने तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिचालन गर्ने व्यवस्था मिलाउने । 
 

प्रतिक्रिया दिनुहोस