aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनसीएचएलमा अध्यक्ष फेरिए, निर्देशकमा कुशुम लामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
एनसीएचएलमा अध्यक्ष फेरिए, निर्देशकमा कुशुम लामा


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । कम्पनीको आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट शाक्यालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

 शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक  कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ । 

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । 
 

प्रतिक्रिया दिनुहोस