aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

२४ घण्टामा थप ८५ मा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ चैत्र २०७७
२४ घण्टामा थप ८५ मा कोरोना पुष्टि

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८।४ प्रतिशत छ । 

पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ४३५ पुगेको मन्त्रालयको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस