aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप ८९ जनामा कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ चैत्र २०७७
थप ८९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । आज दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । 

हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् । विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस