
काठमाडौं । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको चिनियाँ खोप आज विहान काठमाडौं आइपुगेको छ । चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
खोप लिन नेपाल एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो । नेपाल एयरलाइन्सको विमानले बेइजिङ अन्र्राष्ट्रिय विमानस्थलबाट उक्त खोप आज विहान काठमाडौं ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस