aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

चिनियाँ अनुदानको कोरोना खोप नेपाल आइपुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
चिनियाँ अनुदानको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं । चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराएको  कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप नेपाल एयरलाइन्सको विमानबाट सोमबार बिहान आइपुगेको हो ।

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो । पछि फागुन १७ गते थप ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस