
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा उच्चस्तरीय ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्डका रुपमा टिसियलले आफूलाई स्थापित गरेको छ । विगत लामो समयदेखि गुणस्तरका लागि एक विश्वसनीय नाम बनेको टिसियलले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा उत्कृष्ट अफर पनि लिएर आएको छ ।
यहि चैत्र ११ गतेदेखि सुरु भएको यस नयाँ वर्षको अफरमा टिसियलका टिभी, वासिङ्ग मेशिन, एअर कन्डिशनर आदि खरिद गर्दा ग्राहकहरुले क्यास ब्याक पाउन सक्नेछन् ।
३ वर्षको वारेन्टी भएको टिभीमा ७२ हजार ९ सयसम्मको क्यास ब्याक, मोटर र पिसिबिमा ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा ५ केजी एक्स्ट्रा वासिङ्ग पाउडर र १४ हजार ६ सयसम्मको क्यासब्याक, मोटरकमा ३ वर्षको वारेन्टी भएको टप लोडिङ्ग वासिङ्ग मेशिनमा ५ के जी एक्स्ट्रा वासिङ्ग पाउडर र ७ हजार पाँच सयसम्मको क्यास ब्याक तथा एअर कन्डिशनरमा ५ वर्षको वारेन्टीेका साथै निःशुल्क जडानको सुविधा पनि पाईनेछ ।
प्रतिक्रिया दिनुहोस