
एजेन्सी । हामीहरू धेरैले अनुभव गर्दै आएको कुरा हो, यदि हामीले कुनै एउटा वस्तुबारे दुई सेकेन्ड मात्र पनि युट्युबमा कुनै भिडियो हेर्यौँ भने लगतै हाम्रो इन्टाग्राम वा फेसबुकमा पनि त्यही वस्तुबारेका विज्ञापन देख्न सकिन्छ ।
तपाईँलाई के लाग्छ, के यो कुनै जादु टुना मुनाको कमाल हो ? वास्तवमा होइन । तपाई हामीले विभिन्न एपहरू चलाउँदा गरेको गतिविधिको सम्पूर्ण डाटा यस्ता कम्पनीहरुले अर्कोलाई बेच्ने गरेका कारण यस्तो आएको हो ।
अहिले यहाँसम्म की एक आपसका पर्सनल म्यासेज इन्बक्सहरुमा समेत कुनै वस्तुहरूबारे कुराकानी गरियो या जानकारी पठाइयो भने तुरुन्तै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा ती वस्तुबारे आफैँ थप जानकारीहरू आउने गर्छन् ।
जसका लागि हामीले प्रयोग गरिरहेका फेसबुक, युट्युब, इन्टाग्राम, ट्विटर, स्न्याक च्याट लगायतका सामाजिक अन्तरक्रियाका प्लेटफर्महरूले हामीबाट प्राप्त डाटाहरू तेस्रो पक्षलाई बिक्री गर्ने गर्दछन् । यसरी अरूबाट प्राप्त सूचनाका आधारमा हाम्रा रुचि र चासोका विषयहरू हामीले चलाइरहेको अकाउन्टहरूमा संपे्रशित गर्ने गरिन्छ ।
के तपाइलाई कहिल्यै तपाइबाट प्राप्त सूचनाहरू अरूलाई दिन मिल्छ या मिल्दैन भनेर ती एपहरूले सोधेका छन् ? अवश्य पनि जवाफमा भन्नुहोला, अहँ छैन । तर, वास्तवमा यस्ता एपहरू चलाउनुपुर्व निकै लामो सर्त पत्र (टम्स एन्ड कन्डिसन)को अन्त्यमा ‘के तपाइ सहमत हुनुहुन्छ’ भन्ने प्रश्न सहित विकल्प रोज्न लगाइएको हुन्छ । जसमा तपाइले ती सर्त नपढी किन सहमत छु मा भन्नेमा टिक लगाए पछि उनीहरूले तपाइबाट प्राप्त डेटा अरूलाई बेच्न अधिकार प्राप्त गर्छन् ।
इन्साटिस्टा नामक एक कम्पनीले गरेको अध्ययन अनुसार यसरी हाम्रा व्यक्तिगत डेटाहरू अन्य कम्पनीलाई बेच्नेहरूमा पहिलो नम्बरमा पर्छ, इन्स्टाग्राम । जसले ७९ प्रतिशत सूचनाहरू बेच्ने गरेको छ । त्यसैगरि, दोस्रोमा फेसबुक छ । जसले ५७ प्रतिशत सूचनाहरू अरूलाई बाँड्ने गर्छ ।
लिंकइन र उबर इट्स तेस्रो र चौथो नम्बरमा रहेका छन् । जसले ५० प्रतिशत सूचनाहरू अरूसँग शेयर गर्छन् । त्यसैगरि, युट्युब, टिकटक, टिन्डर, ट्विटरहरु पनि अरूलाई सूचना दिने एपहरूको सूचीका अग्रणी स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस