
दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सबैभन्दा कठिन मानिएको तीन सय १० मिटरको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम मंगलबार शुरु भएको छ ।
लट नम्बर २ को हाइड्रो मेकानिकलको ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले तीन सय १० मिटरको ठाडो सुरुङमा २.५ मिटर लम्बाई तथा ९ टन वजन भएको पहिलो पाइप सफलतापूर्वक साफ्टमा राख्न सफल भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट उक्त पेनस्टक पाइप साफ्टमा राखिएको थियो । साफ्टमा पेनस्टक पाइप राख्न दुई घण्टा लागेको थियो । आयोजनाले २०७६ पुस १५ गते एक युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन शुरु गर्ने समय तोकेको छ । हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको आयोजनाको अर्को कठिन ठाडो सुरुङमा पेनस्टक पाईप जडान गर्ने कार्य पनि सहज रुपमा सुरु भएकोले निर्धारीत समयमा आयोजनाको निर्माण कार्य सकिने कुरामा विश्वसत भएको आयोजनाका कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । यसअघि गत असार १ गते माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सबैभन्दा कठिन मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने कार्य सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस