
काठमाडौं । नेपालमा १५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १५२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ४६१ रहेको छ । संक्रमित मध्ये दुई लाख ७२ हजार ८५१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या एक हजार ५७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस