aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

रेडमी नोट १० स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
रेडमी नोट १० स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आफ्नो  रेडमी नोट श्रृंखलाको दशौँ जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको छ । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हटर््ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ जसले यसलाई १०÷१० अङ्कको स्मार्टफोन बनाएको छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेड मी नोट श्रृंखलाको हाम्रो १० औँ जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर एक व्रmान्तिकारी परिवर्तन ल्याउँदैछौँ ।”

त्यस्तै, रेडमी नोट १० रेडमी नोट १० श्रृंखलाको एक स्मार्टफोन हो र यो अलराउन्ड च्याम्पियन हो । यो स्मार्टफोनले स्पेक्स र सुविधाहरुमा सन्तुलित र शक्तिशाली सयोजन प्रदान गर्दछं जसले प्रर्दशन अनुपातमा एक अमिल्दो मूल्य प्रदान गर्दछ । डिस्प्ले १८० हटर््ज टच स्याम्पलिङ्ग रेटको साथ आउँछ जसले फोनको असाधरण प्रदर्शन क्षमताहरुलाई थप मजबुत बनाउँछ ।

रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टिरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रशन मोटर पनि रहेको छ । उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन उपकरण कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ । सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ जुन डबल–ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ संचालित हुन्छ । यसमा आईआर ब्लास्टर र ३ं.५ एम्एम् ज्याक पनि उपलब्ध छ ।

त्यस्तै, रेडमी नोट १० पहिलो स्मार्टफोन हो जसले क्वालकम स्न्यापड्रागन™ ६७८ प्रोसेसर ल्याएको छ जसमा यो डह प्चथय द्धटण् अयिअपभम बत गउ तय द्द।द्दन्ज्श द्वारा संचालित छ । जसले अधिक क्षमताको साथ द्रूतगति प्रदान गर्दछ । उपकरणले स्न्यापड्रागन एड्रेनो ६१२ ग्राफिक्स चिपसेट र १२८ जीबी युएफएस २ं.२ स्टोरेजसम्मको ६ जीबी एलपीडीडीआरफोरएक्स ¥याम पनि प्रदान गर्दछ ।   

रेडमी नोट १० ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ र जसले गर्दा कम प्रकाश अवस्थाहरुमा सुटिङ्ग गर्दा राम्रो परिणाम प्रदान गर्दछ । ४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, एक टु एमपी गहिराई भएको  सेन्सर र एक टु एमपी म्याव्रmो सेन्सरका साथ जोडिएको छ । जसले प्रयोगकर्ताहरुलाई म्याव्रmो फोटोग्राफीका लागि मद्दत पु¥याउँछ । अगाडि एक १३ एमपी क्यामेरा पनि छ जसले व्रिmस्प्स र सार्प सेल्फी क्लिक गर्दछ ।

ठूलो ५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ । थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका छ । जसले यो स्मार्टफोनलाई एकल हाते प्रयोगको लागि एक आदर्श बनाएको छ ।  धुलो र पानी पस्नबाट बचाउन रेडमी नोट १० आईपी ५२ रेटिङका साथ उपलब्ध छ । यसमा सर्ज प्रोटेक्सन,स्मार्टफोनको दीर्घायू सुनिश्चित गर्न कोर्रोसन प्रतिरोधी पोर्ट र रबरयुक्त पोर्ट पनि प्रदान गरिएको छ ।

रेडमी नोट १० नेपालमा अनलाइन र अफलाइन स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेडमी नोट १० ४ जीबी ं ६४ जीबी २१ हजार ९९९ रुपैयाँ, ४ जीबी ं १२८ जीबी २२ हजार ९९९ रुपैयाँ र ६ जीबी ं १२८ जीबी २४ हजार ९९९ रुपैयाँ रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस