aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

दोस्रो डोज समेत लगाएका अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ चैत्र २०७७
दोस्रो डोज समेत लगाएका अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

ब्युनस आयर्स ।  दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताएका छन । 

शुक्रबार ६२ वर्ष पुग्नु भएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाएका थिए । राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए । उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाएका राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।

अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ । अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस