aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतमा कोरोनाको भयावह रुप, २४ घण्टामा ९३ हजार संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ चैत्र २०७७
भारतमा कोरोनाको भयावह रुप, २४ घण्टामा ९३ हजार संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरस संक्रमित दर दिनहुँ बढ्दो छ। पछिल्लो २४ घण्टामा ९२ हजार ९०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन  ८९ हजार १९ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो २४ घण्टामा भारतमा ५४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा विश्वमै सबैभन्दा बढी ब्राजिलमा १ हजार ९३१ जना संक्रमितको मृत्यु भएको छ भने ४१ हजार नयाँ संक्रमित पहिचान भएको छ।

उता अमेरिकामा थप ६४ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा ७९० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पोल्यण्डमा ५७१, रुसमा ३८४, इटलीमा ३७६, टर्कीमा १८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा टर्कीमा ४४ हजार ७५६ भेटिएका छन्।

विश्वमा कुल संक्रमितको संख्या १३ करोड १३ लाख २७ हजार ८३३ पुगेको छ यसबिच २८ लाख ५८ हजार २३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस