aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मनकामना केबुलकार ६ दिनका लागि बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
मनकामना केबुलकार ६ दिनका लागि बन्द

काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल विल वियरिङ नयाँ फेर्नुका साथै बुल विल र अन्यमर्मत संभारको लागि डोप्परमेयर्ट, अस्ट्रेयाबाट आँउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनकालागिबन्दगर्न लागिएको हो । 

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चातआगामी चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालनहुने समेत मनकामनादर्शन प्रा.लि. ले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस