
काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण तीन वटा भएको छानविन समितिले निष्कर्ष निकालेको छ । मानवीय त्रुटि, खराब मौसम र तौल सन्तुलन नमिलेका कारण दुर्घना भएको छानबिन आयोगले निष्कर्ष निकालेको हो ।
एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन–एएमआइ’ रहेको एयरबस हेलिकप्टर्समा निर्मित ‘एएस३५०बिथ्रीइ’ सिरिजको हेलिकप्टर २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्नभीरमा दुर्घनाग्रस्त हुँदा मन्त्री अधिकारीसहित सातजनाको मृत्यु भएको थियो।
दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस