aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कोरोना संक्रमितको संख्या ह्यात्तै बढे, ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
कोरोना संक्रमितको संख्या ह्यात्तै बढे, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमितहरुको संख्या ह्यात्तै बढेका छन् । सोमबार २६६ जना फेला परेका छन् । धेरै समयदेखि २ सयभन्दा बढी संक्रमित फेला परेका थिएनन ।  सोमबार काठमाडौंमा ९८ जना, ललितपुरमा २६ जना, भक्तपुरमा १३ जना र चितवनमा ३७ जनामा कोरोना संक्रमण भेटिएका छन् । 

त्यस्तै सोमबार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस