aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

'तत्काल लकडाउन गर्ने योजना छैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
'तत्काल लकडाउन गर्ने योजना छैन'

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पारका छन । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताए । 

स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने उनको भनाइ छ । मन्त्री त्रिपाठीले भने, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गराइनेछ ।” समितिअन्र्तगत गठित उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बताउँदै उहाँले सीमा क्षेत्रमा कडाइ गर्ने योजना रहेको जानकारी दिए । 

समितिले पछिल्लो समय छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले सोसम्बन्धी आवश्यक सर्तकता अपनाउन विशेष पहल गर्नुपर्ने भन्दै उपसमिति गठन गरिएको थियो । यही चैत ११ गतेको बैठकमा उपसमितिका संयोजक जीवनराम  श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीसमक्ष प्रतिवेदन पेस गरको थिए । कोभिड सङ्क्रमणको महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव उपसमितिले दिएको छ ।

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि गत भदौ ९ गते बसेको समितिको बैठकले सांसद श्रेष्ठको संयोजकत्वमा अन्जना विशङ्खे, एकवाल मियाँ, तिलकबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य रहेको सात सदस्यीय उपसमिति गठन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस