
काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसन्सले नयाँ वर्षमा नयाँ अफर ‘हर्षको नववर्ष’ अफर ल्याएको छ । जसमा ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिएमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउनुे व्यवस्था गरेको छ ।
यो बाह्र महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि हाम्रा ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनुहुनेछ । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनुहुनेछ, जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउनेछौं । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।
‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक महानुभावहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस ्भन्ने चाहन्थ्यौं,’ वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवाल भने, ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशील रहिआएका छौं ।
यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं । यो नयाँ वर्षले हाम्रा आदरणीय ग्राहकहरूका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउनेछ, ताकि हामी ग्राहकहरूको जीवनलाई थप प्रभावकारी र सुखमय बनाउन सकौं ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस