aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप ३०३ जनामा कोरोना पुष्टि, १४१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ चैत्र २०७७
थप ३०३ जनामा कोरोना पुष्टि, १४१ जना निको भए

काठमाडौं । नेपालमा ३०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३०३ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार २८ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार २७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या दुई हजार ९६१ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १४१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०४० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस