काठमाडौं । पछिल्लो समयमा होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको छ । भिजिट नेपाल २०२० नजिकिएसंगै होटल रेष्टुरा खुल्ने क्रम बढेको हो । ठुला होटेल भन्दा पनि क्षेत्रीय रुपमा साना हाटेल रेष्टुराँ खुल्ने क्रम बढेको कम्पनी रजिष्ट्रारका उप–रजिष्ट्रार सन्तोष कुमार दहालले जानकारी दिए ।
रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनामा मात्र ४ सय ६६ होटल तथा रेष्टुराँ दर्ता भएका छन् । त्यसमा दुई ओटा होटल मात्र दर्ता भएका हुन । ५० करोड रुपैयाँ लगानीमा दर्ता भएका होटल वण्डरल्याण्ड र होटल विरगञ्ज प्लाजा मात्र रहेको छ ।
२५ करोड रुपैयाँ भन्दा माथिको लगानी रहेका होटल तथा रेष्टुराँको संख्या भने ३ रहेका छन् । जुन स्वणीम होटल पोखरा, डली होटल, विथ रेष्टुरेन्ट र रोयल मण्डले होटल पर्सा रहेका छन् ।
त्यस्तै १ करोड रुपैया भन्दा माथी २५ करोड रुपैयाँसम्म अधिकृत पूजी भएका होटलको संख्या १ सय रहेका छन् । भने ५० लाख देखि १ करोड रुपैयाँसम्म लगानी भएका होटलको संख्या भने १ सय २६ रहेका छन् ।
५० लाख रुपैयाँसम्म अधिकृत पूजी भएका होटलको संख्या भने २ सय ३४ ओटा रहेका छन् । होटल एसोसियसन अफ नेपालले भने यस अघि नै २० लाख पर्यटन धान्न सक्ने रहेको बताउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस