aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कोरोना संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ बैशाख २०७८
कोरोना संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताएका छन । उनले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनस्र्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न पनि विश्वका देशहरुलाई आग्रह गरेका छन । 

महासचिव गुटर्रेसले आर्थिक आजको अवस्थामा विश्वलाई नै यस महमारीले ठूलो असर गरेको र त्यसका लागि आर्थिक प्याकेजका कार्यक्रमहरु घोषणा गरेर लागू गर्नुपर्ने धारणा राखेका छन ।
 
महासचिव गुटर्रेसले आर्थिक प्याकेज पूरा गर्नका लागि विभिन्न छ वटा मापदण्डहरु अपनाउन सुझाव दिएका छन । उनले विश्वले नै अकल्पनीय रुपमा गएको एक वर्षदेखि यो समस्या भोगिरहेको तर पनि यसबाट भएको आर्थिक क्षति पूरा गर्न सक्नेगरी कुनै पनि देशले कुनै पनि कार्यक्रम राख्न नसकेको  बताए । 

यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरुको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरुको पनि घोषणा हुनुपर्ने धारणा राखेका थिए । यो समस्याबाट विश्वका तीस लाखभन्दा बढी मानिसले यो महामारीबाट ज्यान गुमाउन बाध्य भएका छन् । यसका कारण बाट विश्वका १२ करोडभन्दा पनि बढी मानिस चरम गरिबीको समस्यामा परेका उनले बताए । 

त्यसैगरी विश्वका २५ करोड मानिसले आफ्नो पूरा समयको जागिर पनि यस महामारीका कारण गुमाउन पुगेका छन् । यसका कारण विश्वले सन् १९९० को दशक पछिको अवस्थामा सबैभन्दा बढी मात्रामा आर्थिक मन्दीको सामना गर्नु परिरहेको अवस्था पनि उनले बताए । 

यसैले पनि विभिन्न आर्थिक क्षेत्रका प्याकेजहरु ल्याएर आर्थिक पुनस्र्थापनाका साथै सुधारका कार्यक्रमहरु गर्नका लागि उनले विश्व समुदायसमक्ष यो आग्रह गरेका छन । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस