
काठमाडौँ। नयाँ वर्ष २०७८ को पहिलो दिन नै कोरोना भाइरस सम्बन्धी एउटा गम्भिर समाचाले नेपाली संचार माध्यममा देखियो। त्यो हो, डवल म्यूटेन्ट भेरिएन्ट अर्थात् आफ्नो जिन नै परिवर्तन गरेको कोरोना भाइरस नेपाल मै फेला पर्यो। भाइरसले आफ्नो स्वरुप नेपालमा परिवर्तन गरेको हो वा भारतबाट परिवर्तित स्वरुपको भाइरस नेपक भित्रिएको हो त्यो भने खुल्न सकेको छैन।
यो समाचार त्यो बेला आयो जुनबेला नेपालमा कोरोन संक्रमितको संख्या निकै तिब्र गतिमा बढीरहेको छ। बर्षको सुरुवाति दिनमा नै कोरोना संक्रमित संख्या ६०३ पुगेको छ। जम्मा ४ हजार ७४० जनाको कोरोना परिक्षण गर्दा उल्लेखित संख्यामा संक्रमित फेला परेका हुन् । अवस्था भयावह हुने देखिंदै गर्दा स्वास्थ्य मन्त्रालयले चिन्त व्यक्त गरेको छ। कोरोना संक्रमणको न्युनिकरण गर्न स्वास्थ्यका मापदण्डको पालनागर्नु पर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सहायक प्रवक्ता समिर प्रसाद अधिकारीले बताए । त्यससंगै स्वास्थ्य सम्बन्धि जनचेतनाअझव्यापक रुपमाप्रचारप्रसार गर्नु पर्ने उनको भनाई छ।
हाल देशभरका आईसोलेसन, आई.सि.यु तथा भेन्टिलेटरमा कोरोना संक्रमितको संख्या बढन् थालेको छ । नयाँबर्षको पहिलो दिन सातवटै प्रदेशमा होम आईसोलेसन, संस्थागत आइसोलेसन, आई.सी.यु र भेन्टिलेटरको संख्या ४ हजार १६१ रहेको छ । हाल आई.सी.यु बेड र भेन्टिलेटरमा रहेका संक्रमितको संख्या १३ सय ९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा रहेको छ । काठमाडौं उपत्यकामा आइसोेलेशनमा १०७, आई.सि.यु ३३ र भेन्टिलेटरमा १६ जना रहेका छन् ।
प्रदेश १ मा होम आईसोलेसनमा रहेको संख्या १६०, संस्थागत आईसोलेसनमा रहेको संख्या ५, आई.सी.युमा रहेको संख्या २ र भेन्टिलेटर एक जना पनि नरहेको देखिएको छ। त्यहाँ आई.सी.यु बेड संख्या ११० र भेन्टिलेटरहरुको ४० रहेको छ । त्यस्तै, प्रदेश २ मा होम आईसोलेसनमा रहेको संख्या २७२, संस्थागत आईसोलेसनमा रहेको संख्या २, आई.सी.युमा र भेन्टिलेटरमा एक जनापनि नरहेको जनाइएको छ। प्रदेश २ मा आई.सी.यु बेड संख्या ४८ र भेन्टिलेटरहरुको संख्या २१ रहेको छ ।
बागमति प्रदेशमा बैशाख १ गते होम आईसोलेसनमा रहेको संख्या १९०४, संस्थागत आईसोलेसनमा रहेको संख्या २९७, आई.सी.युमा रहेको संख्या ४१ र भेन्टिलेटर १८ जना रहेको छ। यो प्रदेशमा आई.सी.यु बेड संख्या ५५६ र २५५ भेन्टिलेटरहरु रहेको छन्। गण्डकी प्रदेशमा होम आईसोलेसनमा रहेको संख्या ४४७, संस्थागत आईसोलेसनमा रहेको संख्या ३०, आई.सी.युमा र भेन्टिलेटर एक जनापनि नरहेको देखिएको छ। गण्डकीमा आई.सी.यु बेड संख्या ८ र भेन्टिलेटरको संख्या १ रहेको छ । लुम्बिनी प्रदेशमा होम आईसोलेसनमा रहेको संख्या ५७९, संस्थागत आईसोलेसनमा रहेको संख्या८४, आई.सी.युमा रहेको संख्या ३६ र भेन्टिलेटरमा ५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, आई.सी.यु बेड संख्या ८५ र भेन्टिलेटरहरुको संख्या ४० रहेको छ।
कर्णाली प्रदेशमा होम आईसोलेसनमा रहेको संख्या १०१, संस्थागत आईसोलेसन, आई.सी.यु र भेन्टिलेटरमा एक जनापनि नरहेको उल्लेख छ। आई.सी.यु बेड संख्या ६२ र भेन्टिलेटरहरुको संख्या २७ छ । त्यस्तै सुदुरपश्चिम प्रदेशमा होम आईसोलेसनमा रहेको संख्या १३६, संस्थागत आईसोलेसनमा रहेको संख्या ३९, आई.सी.युमा रहेको संख्या १ र भेन्टिलेटरमा २ जना रहेका छन् भने त्यहाँ आई.सी.यु बेड संख्या २९ र भेन्टिलेटरहरुको २५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस