aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप ४९० जनामा कोरोना पुष्टि, १५७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ बैशाख २०७८
थप ४९० जनामा कोरोना पुष्टि, १५७ जना निको भए

काठमाडौं । नेपालमा ४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९० जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ६०४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या तीन हजार ६६ रहेको छ ।     
   
पछिल्लो २४ घण्टामा १५७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस