aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ बैशाख २०७८
अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नगाएका मानिसलाई निषेधमा रोक लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सम्बन्धी निकायहरुको बैंठकले यस्तो निर्णय गरेको प्रहरीले जनाएको छ । 

 विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको सूचनामा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको उल्लेख छ ।  विमानस्थल उच्च जोखिममा स्थल भएकाले भिडभाड नगर्न र आफन्तलाई विदाई गर्न जाँदा वा लिन जाँदा मुख्य गेटबाटै फ​र्कन गरेको छ । विदेश जाने जो कोहिले पनि पीसीआर रिपोर्ट अनिवार्य गरिएको सूचनामा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस