aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

यी हुन् कोरोनाबाट अति प्रभावित १४ जिल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
यी हुन् कोरोनाबाट अति प्रभावित १४ जिल्ला

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्ला कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित रहेको जनाएकोृ छ । मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लालाई बुँदे अपिल जारी गर्दै सचेतना नागरिकमा अपिल गरेको हो । 

मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ–कोरोनाबाट अति प्रभावित भनि वर्गिकरण गरिएका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत र बाग्लुङ) बढी भिडभाडहुने सबैक्षेत्र तथा सेवाहरु अबिलम्व बन्द गर्नु पर्ने अवस्था भएपनि  विद्यालय, रात्री व्यावसायहरु ७  सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लवहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टीप्यालेस, हेल्थ क्लव, स्विमिङ पुल आदी स्थलहरुमा सहभागी नभइदिनुहुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गर्न गराउने भूमिकाहरु बढाईदिन हुन अनुरोध छ । 

साथै मन्त्रालयले नेपालमा विभिन्न होटलहरुमा आई बसोबास गर्ने विदेशी नागरिकको सम्बन्धमा गेष्ट रजिष्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्नहुन अनुरोध गरेको छ । 

त्यस्तै, सबै सरकारी अस्पतालहरुले कम्तिमा ५० प्रतिशत बेडहरु कोभिड १९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निशुल्क सेवा प्रवाह गर्न मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस